Advertisement

Responsive Advertisement

म्याथ ओलम्पियाड को आवश्यकता र सम्भावनाहरु

वर्तमान समयमा विद्यालय तहमा विद्यार्थीहरूको गणित प्रतिको रुचि र चाहनालाई थप वृद्धि गर्नको लागि र हाम्रो देशका युवा विद्यार्थीहरूको क्षमतालाई विश्वसामु प्रस्तुत गर्नु नै mathematics olympiad को मुख्य लक्ष्य रहेको छ । सन् 1959 बाट international mathematics olympiad को सुरुवात भएतापनि नेपालबाट विधिवतरुपमा सन् 2015 सालदेखि मात्रै यसको सदस्यता लिएको हो । यसो भएता पनि 2017 बाट नेपालले निरन्तर विद्यार्थीहरुलाई mathematics olympiad प्रतियोगिता को लागि विद्यार्थीहरुलाई विदेशमा लैजाने गरेको छ। भर्खरैमात्र गत साल जुलाई महिनामा नेपालबाट 6 जना विद्यार्थीहरु लिएर बेलायत मा भएको world mathematics olympiad मा सहभागी गराइएको थियो।
सो प्रतियोगितामा हाम्रो देशले बीसौं स्थानको पुरस्कार समेत प्राप्त गरेको थियो भने सान्त्वना पुरस्कार कार्तिकेस मिश्रा ले प्राप्त गरेका थिए ।
विद्यार्थीहरुलाई किताबी ज्ञान भन्दा बाहिरबाट व्यवहारिक समस्याहरु र सृजनात्मक समस्याहरुको समाधान गर्न सक्ने बनाउनु नै आजको आवश्यकता रहेको छ। सोही समस्या समाधान का लागि Mathematics Olympiad जस्ता गणितीय क्रियाकलापहरु सन्चालन गरेमा यसबाट बिद्यार्थी हरुको सृजनसिलता मा थप बृद्धि हुन जान्छ ।
विश्वका 117 राष्ट्र भन्दा बढी देशहरूको प्रतिनिधित्व हुने यस प्रतियोगितामा हाम्रो देशलाइ प्रतिनिधित्व गराएर हाम्रो देशका विद्यार्थीहरुलाई विश्वसामु परिचित गराउने mathematics olympiad of nepal ले महत्वपूर्ण कार्य सञ्चालन गर्दै आइरहेको छ ,जसको नेतृत्व हाल दिपक बास्तोलाले गर्नुभएको छ। उहाँको कुसल नेतृत्वबाट नै हाम्रो देश को
mathematics olympiad ले यो स्थान प्राप्त गर्न सफल भएको हो ।

Post a Comment

0 Comments