Advertisement

Responsive Advertisement

झापा जिल्लामा Mathematics Olympiad को छनौट प्रक्रिया सम्पन्न


2020 जुलाई महिनामा रसियाको saint petersburg मा हुने mathematics olympiad को लागि जिल्लागत छनौट चरणहरु धमाधम हुनथालेका छन् । यसअन्तर्गत 2076 मंसिर 14 गते सनिवार झापाको बिर्तामोड र दमकमा छनौट चरण हरु सम्पन्न भएका छन् । उक्त छनोट प्रक्रियाको उद्घाटन दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले गर्नु भएको थियो । जसमा 100 जनाभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । झापा तथा मोरङका जिल्लाका विभिन्न विद्यालयहरुबाट आएका प्रतिस्पर्धी हरु मध्ये प्रथम स्थानमा आशिष अधिकारी द्वितीय स्थानमा गौरभ गौतम र तृतीय स्थानमा देभेश महेश्वरी तथा सान्त्वना सुमित न्यौपाने हुन भएका थियो । उक्त प्रतिस्पर्धामा झापा प्याब्सनका वरिष्ठ उपाध्यक्ष गौरिमान फागो ,शिक्षकमहासघं दमक नगरसमिती अध्यक्ष रूद्र सुवेदी तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरु कृष्ण भण्डारि ,महेन्द्र बिलास लुइटेल, कृष्ण पाठक तथा जिल्लागत शैक्षिक संस्था हरुका प्रतिनिधिहरूको उपस्थित रहेको थियो । Mathematics Olympiad को बारेमा आफ्नो धारणा राख्दै उपस्थित अतिथिहरुबाट यस प्रतियोगिताको आवश्यकता र महत्व प्रष्ट पार्नु भएको थियो । राष्ट्रिय अध्यक्ष दिपक बास्तोला ले सभापतित्व गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य जिल्ला संयोजक घनश्याम अधिकारी ले गर्नुभएको थियो भने संचालन डिबि थापा ले गर्नुभएको थियो।

Post a Comment

0 Comments